२४ जेष्ठ २०८३, आइतबार

भ्यानको ठक्करबाट महिलाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ५ साउन । यहाँको कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्फ जाँदै गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट आइतबार त्रियुगा नगरपालिका–४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दनुवारलाई भ्यानले त्रियुगा नगरपालिका–८ झोडामा ठक्कर दिएको थियो । झोडामा यात्रु ओरालेर र चढाइसकेपछि अगाडि बढ्ने क्रममा दनुवारलाई भ्यानले ठक्कर दिएको थियो ।

ठक्कर पश्चात गम्भीर घाइते दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएकोमा साँझ उपचारकै क्रममा मृत्यु भएको हो ।