१५ असार २०८३, सोमबार

हँसिलो मुद्रामा ओली र भण्डारी

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

एमाले मुख्यालय च्यालसमा ओली र भण्डारीबीच वान टू वान वार्ता भइरहेको हो । यसैबीच, ओली र भण्डारी दुवै जना हँसिलो मुद्रामा देखिएका छन् ।

एमालेको राजनीतिमा भण्डारीको पुनरागमनसँगै दुई जनाबीच टकराव देखिएको टिप्पणी गरिएपनि च्यासलमा त्यसको विपरीत दुवैजना प्रफुल्लित मुद्रामा देखिएका हुन् ।

एमालेको राजनीतिमा भण्डारीको पुनरागमनसँगै दुवै नेताबीच टकराव हुन सक्ने अड्कल गरिए पनि च्यासलमा देखिएको सौहार्दपूर्ण भेटले ती अड्कलबाजीहरूलाई केही हदसम्म खण्डन गरेको देखिन्छ।