३१ जेष्ठ २०८३, आइतबार

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, ४ साउन । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको छ ।

स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट कति कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उनले बताए ।