७ असार २०८३, आइतबार

चौदण्डीगढीमा २३ जना एमाले प्रवेश

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ३ साउन । उदयपुरको चौदण्डीगढी नगरपालिकामा २३ जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई एक कार्यक्रमका बीच एमाले उदयपुरका उपाध्यक्ष समेत रहेका चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, एमाले नेताहरु किशोर ताम्राकार, भुपेन्द्र राई, भीम परियार, विकास बन्जारा लगायतले स्वागत गरेका थिए ।

पछिल्लो समय उदयपुरमा एमालेप्रति जनताको मोह बढेको छ । विगत एक महिनाकै अन्तरालमा चौदण्डीगढीमा मात्रै सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लर्को लागेको छ ।