२६ असार २०८३, शुक्रबार

एमाले पोलिटब्युरो बैठक : उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । नेकपा (एमाले)को पोलिटब्युरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ । हालसम्म ३२ जना पोलिटब्युरो सदस्यले प्रतिवेदनमा आफ्ना धारणा प्रस्तुत गरेका छन् । अब ४० जना सदस्यले बोल्न बाँकी छ ।

सचिवालय बैठकबाट पारित अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पोलिटब्युरो बैठकले अनुमोदन गर्ने उनले जानकारी दिए ।

आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन आयोजना गर्ने कार्यक्रम छ ।