२० असार २०८३, शनिबार

राप्रपाका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्न प्रतिबन्ध

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पार्टी नीति, सिद्धान्त र हितविपरीत अभिव्यक्ति नदिन निर्देशन दिएको छ ।

राप्रपाको केन्द्रीय अनुशासन समितिकी अध्यक्ष एवं पार्टीकी वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको हितविपरीत हुने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

‘बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र बृहतर हितविपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लिखित वा मौखिक रूपमा कुनै पनि किसिमको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै क्रियाकलाप नगर्नु नगराउनु हुन पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

हालै केही नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गर्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि पार्टीले पार्टी हितविपरीत अभिव्यक्ति नदिन निर्देशन दिएको हो ।