८ असार २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ३ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ डुमरामा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

युपी ५५ एबी ३४१२ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई सडकछेउको रुखमा ठोक्किँदा शुद्धोधन गाउँपालिका–६ का ३२ वर्षीय नरमुल्ला खानको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक पंकज चुदालीले जानकारी दिए ।

गम्भीर अवस्थामा रहेका खानलाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो तर डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार मुस्ताक अहमद गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।