१० असार २०८३, बुधबार

विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीमा छलफल हुन्छ : प्रधानमन्त्री ओली

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ( नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्ता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन् ।

पार्टीको पोलिटव्यूरो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सकृय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उनलाई दुईपटक राष्ट्रपति बनाइएको बताएका हुन्। बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार, भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरेको अध्यक्ष ओलीले बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी भित्रको अराजकता रोक्नुपर्ने बताए । ‘पार्टीलाई ठूलो र संगठित हमला छ’ ती सदस्यले भने ‘यही बेला पार्टी भित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो । यो कुरा तत्काल रोकिनुपर्दछ। नरोकिए पार्टीले रोक्छ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति सकृय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको स्पष्ट पारे ।

सकृय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको उनको भनाई छ । पार्टीका विधानका बारेमा नानाथरी धारणा राख्दै हिड्नेलाई उनले पार्टी पद्धति र प्रकृयाका बिषयमा पार्टी भित्र छलफल हुने र पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नभएकोमा सचेत गराए ।