३० असार २०८३, मंगलबार

लामो समयदेखि कर नबुझाएका एक सय २२ करदाता कारबाहीमा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती, २ साउन । हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन् ।

लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताए ।

अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिएका छन् ।  कर नबुझाउनेहरूको अभिलेख तयार भएको उनले बताए । साथै, नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१/८२ मा करदाता बढेका छन् ।