
कैलाली, २ साउन । कैलालीको गौरीगंगामा नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका छोरा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको मृत्यु भएको हो । उनीहरू लिक्मा नदीमा डुबेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।
नदीमा डुबेको अवस्थामा प्रहरीले बिहीबार दिउँसो ३ बजे उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएको थियो । लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया