२८ असार २०८३, आइतबार

श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमबिना प्रगति र श्रमिकको सम्मानबिना समृद्धि सम्भव नरहेको बताएका छन् ।

सरकारले हिजो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरेको बताउँदै प्रधानमन्त्री ओलीले श्रमिकको सम्मानबिना समृद्धि सम्भव नरहेको बताएका हुन् ।

‘श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौँ । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन् ।’

श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने प्रधानमन्त्री ओलीको भनाई छ । ‘अहिले सरकारले हिजो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने छ । जय श्रमिक, जय नेपाल !’