
काठमाडौं, १ साउन । नेकपा (एमाले) को सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव पेश भएको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष पद हटाउने र पदाधिकारी संख्या घटाएर ११ पुर्याउने प्रस्ताव पेश गरिएको हो ।
उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा अध्यक्षसहित ३ उपाध्यक्ष , एक–एक महासचिव र उपमहासचिव तथा पाँच सचिवको प्रस्ताव पेश गरिएको हो ।
यस्तै केन्द्रीय कमिटी १९९ मा घटाउने प्रस्ताव पनि पेश गरिएको छ ।








प्रतिक्रिया