६ असार २०८३, शनिबार

प्रचण्ड र काँग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

प्रचण्डसँग भेटका लागि कोइराला प्रचण्ड निवास खुमलटारमै पुगेका थिए । उनीहरूबीच समसामायिक विषयमा दुई घण्टा कुराकानी भएको थियो ।

पछिल्लो घटनाक्रमकाबीच प्रचण्ड र कोइरालाबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।