
काठमाडौं, १ साउन । पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको दावी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सुरू गरेको हस्ताक्षर अभियानमा हालसम्म २४ लाख ५७ हजार धेरैले हस्ताक्षर गरेका छन् ।
२५ दिनमा २४ लाख ५७ हजार ६ सय १८ जनाले हस्ताक्षर गरेका हुन् ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दीपक बोहराले हस्ताक्षर अभियानलाई अझै अगाडि बढाउने पार्टीको तयारी रहेको बताए। अभियानलाई अझै ब्यापक बनाउनको लागि साउन ५ देखि वडा समितिले घरदैलो अभियान चलाउने जानकारी दिएका हुन् ।









प्रतिक्रिया