१५ असार २०८३, सोमबार

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ- बनिरहेको प्यारापिट हेर्न जानुस्, अर्थतन्त्रको तथ्यांक हेर्नुस्

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कीर्तिपुरमा बनिरहेको प्यारापिट र फ्लडलाइटको काम हेर्न जाने आग्रह गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा प्रचण्डले प्यारापिट नबनेको, फ्लडलाइट जडान नभएको विषय उठाएपछि प्रधानमन्त्रीले जवाफ फर्काएका हुन् ।

‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ,’ प्रधानमन्त्रीले लेखेका छन् ।

प्रचण्ड प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु नभनेको र केही गर्दा पनि नगरेको भन्दै प्रधानमन्त्री ओलीले कटाक्ष पनि गरे ।

उनले भने, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्य तथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रूपमा जवाफ पनि दिनु परेन । तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ ।’

प्रधानमन्त्रीले जर्जर परेको अर्थतन्त्रको अहिलेको अवस्था हेर्न पनि आग्रह गरे । ‘जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,’ उनले भने ।