३० जेष्ठ २०८३, शनिबार

ओली सरकारको १ वर्ष : अर्थतन्त्रका सूचकहरु सकारात्मक, राष्ट्रिय आयोजनाहरुको कामले गति लियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । राजनीतिक स्थायित्वका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसको समझदारीमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले एक वर्ष पूरा गरेको छ ।

आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले एक सन्देश जारी गर्दै मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएको र विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलनको सुरुवात भएको उल्लेख गरे । ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ ।’

प्रधानमन्त्री ओलीले नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संशोधन भएको बताए ।

‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ । गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’ प्रधानमन्त्री ओलीले भने ।