
काठमाडौं, २५ असार । केही साताअघि ह्वाट्सएप च्यानल सुरु गरेका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भाइबर च्यानल पनि सुरु गरेका छन् ।
आमनागरिकसँग सहज सञ्चार गर्ने योजनासहित प्रधानमन्त्री ओलीले भाइबर च्यानल सुरु गरेका हुन् ।
‘अब हामी यो लिंक क्लिक गरेर भाइबर मार्फत पनि जोडिन सक्छौँ ।’ प्रधानमन्त्रीले बुधबार फेसबुकमा लेखेका छन् ।
ह्वाट्सएप र भाइबर च्यानलमा जोडिएका प्रयोगकर्ताले प्रधानमन्त्री ओलीका विचार, अभिव्यक्ति, कार्यक्रम तथा राजनीतिक गतिविधिहरूबारे नियमित अपडेट पाउने बताइएको छ ।









प्रतिक्रिया