१२ असार २०८३, शुक्रबार

यस्तो छ कुनै बेला कोरियामा थुनिएका दीपशिखा र सोविताको सम्बन्ध

242.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । अहिले सरकारलाई बदनाम गराउने शक्तिको जरा र स्रोत कहाँ छ ? भन्ने अहिले प्रष्ट भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा ‘मानव तस्करी’को हल्ला चलाउने पहिलो व्यक्ति वाईसीएलका इन्चार्ज तथा नेकपा (माओवादी केन्द्र) का रामप्रसाद सापकोटा ‘दीपशिखा’ हुन् । उनै दीपशिखाको आदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा कुरा उठाएकी छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सरकारलाई बदनाम बनाउन योजनाबद्ध तवरले लागेको देखिन्छ । प्रचण्डका भान्जा चितवनका गृहेन्द्र घिमिरेसँग विवाह गरेकी सोविताको पृष्ठभूमि पनि माओवादी नै हो ।

शंकास्पद व्यक्ति गृहेन्द्रसँगको विवाह पनि सांसद सोविता माओवादी पृष्ठभूमिकै कारण हो । गृहेन्द्र उनै व्यक्ति हुन् राइड शेयरिङ्ग सेवा दिनका लागि ‘बग्गी एप’ बनाउने भन्दै करोडौं पैसा उठाएर अहिले लुक्दै हिँडेका छन् । गृहेन्द्रले जेठी श्रीमतीलाई प्रचण्डसँगको पारिवारिक नाताको शक्ति देखाएर सम्बन्ध विच्छेद गरी सोवितिासँग दोस्रो विवाह गरेका थिए । अहिले बग्गीका लगानीकर्ताहरुले पैसा फिर्ता माग्दा गृहेन्द्रले सकेसम्म फोन नउठाउने, उठाई हाले पनि केही समयमा सत्ता फेरबदल हुने र मेरी श्रीमती रक्षामन्त्री बन्छिन् र त्यसपछि मिलाउँछु भनेर कुरा मिलाउँदै हिँडेका छन् ।

२०७९ को चुनाव घोषणा भएपछि सोवितालाई दोलखाका माओवादी केन्द्रका नेता विशाल खड्काले आफ्नो प्रचार–प्रसार र मल्टिमिडियामा काम गर्न भनि ठिक्क परेका थिए । तर सोविता एकाएक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गएर काठमाडौं–२ बाट निर्वाचित बनेकी हुन् । अहिले प्रचण्डको सचिवलायबाटै प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा मानव तस्कर भयो भनि गम्भीर विषयलाई प्रचार–प्रसार गर्न दीपशिखाले रास्वपाकी सांसद सोवितालाई लगाएका छन् ।

दीपशिखा प्रचण्ड प्रधामन्त्री भएको बेला कोरियामा लागूऔषध बोकेका कारण ३ महिना नजरबन्द भएका थिए । नेपालबाट प्रधानमन्त्री प्रचण्डको पहुँच लगाएपछि उनलाई ३ महिनासम्म नजरबन्द राखिएको थियो । उनले कोरियाका राजदूतका लागि औषधी लिएर गएका कारण नजरबन्दमा बस्नु परेको दाबी गरेका थिए । त्यो बेलाका राजदूतले प्रयोग गर्ने औषधी अरुले लैजाँदा कोरियामा प्रतिबन्धित हुने तर दीपशिखाले बोक्दा कसरी अवैध भयो भनेर उतिखेरै प्रश्न उठेको थियो । प्रचण्ड नेतृत्व सरकारको बदनाम हुन्छ भनेर परराष्ट्र मन्त्रालयबाट दीपशिखालाई कोरियाको नजरबन्दबाट मुक्त गरी नेपाल फर्काइएको थियो ।

उनै लागूऔषधका भरिया दीपशिखाले प्रधानमन्त्री ओलीलाई बदनाम गराउन स्पेन भ्रमणमा मानव तस्करी भयो भनेर बदनाम गराउनु आफैँमा हाँस्यास्पद छ ।