६ असार २०८३, शनिबार

स्पेनबाट नफर्कनेको नाम बताउन सांसद सोवितालाई प्रधानमन्त्रीको चुनौति

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीको हालै भएको स्पेन भ्रमणमा गएकामध्ये कोही स्वदेश नफर्किएका भए नाम दिन चुनौति दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओली सहभागी भएको स्पेनको कार्यक्रमको बहानामा गएका मानिसहरू नफर्किएको बताएकी थिइन्।

उनले भनेकी थिइन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो,’।

प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा नेपालबाट स्पेन गएको टोलीमध्ये फर्कने बेला अझै दुई जना थपिएर फर्केका छन्।

‘यहाँबाट गएकोभन्दा अझै उताबाट दुई जना थपिएर फर्केका छन्, उहाँ दूतावासमा भएका दुई जना पनि सँगै फर्केका हुन्, यहाँबाट गएको नफर्केको त एक जना पनि छैन,’ बजगाईले भने, ‘यो हल्ला चलाउन रेणु दाहालको सचिवालयबाट सुरू भएको हो, त्यसपछि दीपशिखाले पनि स्टाटस लेखे। प्रधानमन्त्री स्वदेश फर्केकै दिनदेखि यस्तो हल्ला चलाउन सुरू गरेका थिए। कुन नाम गरेको मानिस नफर्केको हो भनेर माननीय सोबिता गौतमजीले भन्नुपर्‍यो।’