२५ जेष्ठ २०८३, सोमबार

त्रिशूली नदीमा आएको बाढीबाट सुरक्षित जोगिन सर्तकता अपनाउन प्रधानमन्त्रीको आग्रह

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनालाई ध्यान दिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले विपत् व्ययवश्थापन कार्यलयले दिएका सम्पर्क नम्बरहरु, सुरक्षा निकाय तथा सुरक्षाकर्मीको सम्पर्कमा रहन सबैलाई अनुरोध पनि गरेका छन् । प्रधानमन्त्रीले लेखेका छन्, ‘सुरक्षित होउँ,अरुलाई पनि सुरक्षित राखौँ ।’

गएराति आएको बाढीले रसुवामा ठूलो क्षति गरेको छ । केही मानिसहरु बाढीमा बगेको अनुमान गरिएको छ । बाढीमा फसेकाहरुको उद्धारका लागि सरकारले हेलिकप्टर परिचालन गरेको छ ।