
हुम्ला, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला पुगेर बेलिब्रिज उद्घाटन गरेका छन् ।
आज सुर्खेत हुँदै हुम्ला पुगेका प्रधानमन्त्री ओलीले कर्णाली कोरिडोर-चुवाखोला बेलिब्रिजको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्रीलाई स्थानीयहरूले स्वागत गरेका थिए । प्रधानमन्त्रीसँगै प्रथम महिला राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि हुम्ला पुगेका छन् ।
बेलिब्रिज निर्माणको जिम्मा नेपाली सेनाले लिएको थियो। प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
तस्वीरहरू-









प्रतिक्रिया