१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले दिए उपाधि जितेको नेपाली टोलीलाई बधाई

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली यू–१६ राष्ट्रिय टोलीलाई बधाई दिएका छन् ।

मलेसियाको युकेएम ओभलमा आज सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो ।

‘एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गर्न सफल नेपाली यू–१६ राष्ट्रिय टोलीलाई हार्दिक बधाई’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘यस गौरवमय सफलताका लागि प्रशिक्षक, व्यवस्थापन समूह लगायत सबैलाई धन्यवाद’

सिङ्गापुरले दिएको एक सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ र १० रनको महत्वपूर्ण योगदान दिए । साथै, शिवान्स बजगाईले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाए ।

सिङ्गापुरका लागि कपिस भेन्कटरमनले चार विकेट लिए भने युवान पाण्डेले दुई विकेट लिए । साथै भेदान्स गुप्ता र आकाश तेजाले एकरएक विकेट लिए ।

सामान्य लक्ष्य पछ्याएको नेपालले १३ रन बनाउँदा पहिलो विकेट गुमायो । त्यसपछि शिवान्स बजगाईँले एक छक्का र दुई चौकाको प्रहार गर्दै आक्रामक ब्याटिङ गर्दै पारीलाई अगाडि बढाए । नेपालले ४० रन बनाउँदा लगातार दुई विकेट गुमाएपछि दबाबमा पर्‍यो । नेपालले ५८ रन छँदा थप दुई विकेट गुमायो । छैटौँ विकेटका लागि नेपालले जोय थापा र सुभास खनालले महत्वपूर्ण ३३ रनको साझेदारी गरे । नेपालले ९१ रन छँदा छैटौँ र ९२ रन छँदा सातौँ र आठौँ विकेट गुमाएको थियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनायो । उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए ।

त्यसैगरी, रिहान नाइकले १५, दान्स गुप्ता १२ रन र आकाश तेजा १० रन बनाए । त्यसबाहेक सिङ्गापुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सिङ्गापुरका लागि सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन/तीन विकेट लिए भने शुभम खनालले दुई विकेट लिए ।

त्यस्तै, कप्तान बिपिनप्रसाद शर्माले एक विकेट लिए ।