
सर्लाही, २० असार । सर्लाहीका एसपीलाई धम्क्याउने जनता समाजवादी पार्टी मधेश प्रदेश अध्यक्षविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।
मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा पक्राउ पुर्जी जारी भएको हो। उनीविरूद्व आपराधिक उपद्रवको कसुरमा पक्राउ पुर्जी लिइएको हो ।
यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ सार्वजनिक भएको थियो ।








प्रतिक्रिया