५ श्रावण २०८३, मंगलबार

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १९ सार । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेका छन्।

आज मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई बर्खास्त गरेका हुन्। चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य हुन्। चौधरीलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफै मातहत राखेका छन्।

मुख्यमन्त्री शाहले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै चौधरीलाई पदबाट राजीनामा गर्न यसअघि नै निर्देशन जारी गरेका थिए। तर चौधरीले राजीनामा दिन अटेर गरिरहेका थिए।