३० असार २०८३, मंगलबार

कमल थापाको दाबी– मुलुकमा संस्थागत भ्रष्टाचारसँगै विदेशी हस्तक्षेप र चलखेल बढ्यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक अहिले भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको बताएका छन् ।

पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा राजधानीमा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रुपमा बढेको दाबी गरेका हुन् । उनले मुलुक अभिभावकविहीन भएको चर्चा गर्दै यसैका कारण विदेशी हस्तक्षेप तथा चलखेल बढेको पनि बताए । अहिले कसैको डरभर नभएकोले राष्ट्रद्रोही कामहरू समेत गर्नपछि नपरेको अवस्था देखिएको उनको धारणा थियो ।

धर्म निरपेक्षताको आडमा धर्मान्तरणको डढेलो सल्किएको चिन्ता प्रकट गर्दै उनले यस कारण आफूहरुले राजसंस्थाको आवश्यकता महसुस गरेको उल्लेख गरे । उनले थपे, ‘राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणको लागि राजसंस्था हामीहरूको आस्था र विश्वाससहितको वैचारिक अवधारणा हो ।’

कार्यक्रममा पार्टीका नेताहरु डाक्टर विष्णु भण्डारी, केशवराज श्रेष्ठ, अन्जना शाह रावल र जिबछ मिश्र लगायतले बोलेका थिए ।