६ श्रावण २०८३, बुधबार

प्रधानमन्त्री ओली नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेड्रिड (स्पेन), १८ असार । स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज मेड्रिड फर्किएका छन् ।

प्रधानमन्त्री ओली आज साँझ रेलमार्गबाट मेड्रिड आइपुगेर स्पेनका लागि नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओली यही असार १५ गते मेड्रिड हुँदै सेभिल्ला (सेभिया)को सम्मेलनमा पुगेका थिए ।

यही असार १४ गते स्पेनका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली यही असार २० गते काठमाडौं फर्किनेछन् ।