१५ असार २०८३, सोमबार

अध्यक्षविरूद्व बोलेको भन्दै एकीकृत समाजवादीले नेतृ झाँक्रीलाई सोध्यो स्पष्टीकरण

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । नेकपा (एकीकृत समाजवादी) ले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधव नेपालविरूद्व अभिव्यक्ति दिएकी नेतृ झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको हो ।

उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनको माग गरेकी थिइन् । उनलाई पार्टीको अनुसासन आयोगले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।