२२ असार २०८३, सोमबार

एमालेले माग्यो समिति सभापति रामहरि खतिवडाको राजीनामा

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । नेकपा (एमाले) ले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ ।

एमाले सांसद पदम गिरीले समितिको बैठकमा सभापति खतिवडाको राजीनामा मागेका हुन् ।

“यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिको सभापति र सचिवको हस्ताक्षर छ । हेर्ने अन्तिम दायित्व उहाँहरूको हो,” सांसद गिरीले भने, “जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन ।”

कुलिङ पिरियडमा छेडखानी भएको पाइएपछि समिति सभापति खतिवडाको चौतर्फी आलोचना भइरहेको छ ।