३१ जेष्ठ २०८३, आइतबार

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, १८ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गएराति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।

स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएका स्थानीय मौसम सेलिङले जानकारी दिए ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।