
काठमाडौं, १५ असार । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ ।
टेरामक्स खरिद प्रकरणमा आज विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १ गते बस्नेतसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।









प्रतिक्रिया