२३ जेष्ठ २०८३, शनिबार

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक-२०८२ पारित भएको छ।

आज बसेको बैठकबाट विधेयक बहुमतले पारित भएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रस्तावमाथि छलफलपछि मन्त्रीले जवाफ दिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरूले पारित गरेका सभामुख देवराज घिमिरेले घोषणा गरे।