२२ जेष्ठ २०८३, शुक्रबार

आफ्नो कम्पनीबाट भिजिट भिसामा गएर फिर्ता नभएको व्यक्ति भए पुष्टि गर्न डीपी अर्यालको चुनौति

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डीपी आर्यालले आफ्नो कम्पनीबाट भिजिट भिसामा मान्छे पठाएको र फिर्ता नभएको भन्ने आरोपको खण्डन गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले आफ्नो कम्पनीबाट भिजिट भिसामा गएका मान्छे फिर्ता नभएको भए प्रमाण पेश गर्न चुनौति दिएका हुन् ।

उनले आफूमाथि लगाइएको आरोप संसदको रेडर्कबाट हटाउन सभामुख समक्ष माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्‌मा ‘सुमिरे टुर एन्ड ट्राभल्स’ले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको बताएका थिए । सुमिरे टूर एन्ड ट्राभल्स सांसद अर्यालको हो ।