१४ असार २०८३, आइतबार

माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, दलको नेताबारे दलकै बैठकमा छलफल गरिने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष निकालेको छ ।

आज बसेको सचिवालय बैठकले अध्यक्ष नेपालमाथिको मुद्दा पार्टी स्थापनाकालदेखि नै सुरू भएको षड्यन्त्रको निरन्तरता भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।

‘यो पार्टी र आन्दोलनमाथिकै प्रहार हो भनेर साथीहरूले कुरा राख्नुभएको छ,’ उनले भने, ‘हामीमाथि राजनीतिक प्रतिशोधका साथ प्रहार गरिएकोले कानुनी उपचारका निम्ति सबैखाले प्रयास गरिनेछ, कानुनी रूपमै फेस गर्छौँ, हामीले सफाइ पनि पाउँछौँ ।’

आजको बैठकले नेपालले अध्यक्षको रूपमा काम गरिराख्ने र संसदीय दलको नेताबारे दलकै बैठकमा छलफल गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको बताइएको छ ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि उनीमाथि पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता तोक्न नैतिक दबाब छ ।