१० असार २०८३, बुधबार

कांग्रेसले किन्यो १३ करोड रुपैयाँको जग्गा र तीनतले घर

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयसँगै जोडिएको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने सम्झौता गरेको छ ।

पार्टी कार्यालय विस्तार गर्न १३ करोड रुपैयाँमा जग्गा किन्ने सम्झौता गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टि रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको जग्गा कांग्रेसले १३ करोड रुपैयाँमा किन्ने निर्णय गरेको उनले बताए ।

कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।