३० जेष्ठ २०८३, शनिबार

माधव नेपाल ३५ लाख धरौटीमा रिहा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतले उनलाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

दायर मुद्दामाथि आज बयान र थुनछेक बहस भएको थियो । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको हो ।