
काठमाडौं, १० असार । सर्वोच्च अदालतले गण्डकी प्रदेशमा राइड सेयरिङ नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली स्थगन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
यातायात व्यवसायीको आन्दोलनपछि सरकारले गण्डकी प्रदेशलाई नियमावली स्थगन गर्न पत्राचार गरेको थियो । त्यसकाविरूद्व उपभोक्ता हित संरक्ष मञ्चका तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलले रिट दायर गरेका थिए ।








प्रतिक्रिया