१ असार २०८३, सोमबार

शहरी विकासमन्त्रीलाई सूर्य थापाको प्रश्न- कस्तो बजेट विनियोजन गर्नुभएको हो ?

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । नेकपा (एमाले) का सांसद सूर्य थापाले शहरी विकास मन्त्रालय अन्तर्गत विनियोजित बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सांसद थापाले जथाभावी बजेट विनियोजन गरिएको बताएका हुन् । उनले विनियोजित शीर्षकमाथि सार्वजनिक बहस गर्न तयार रहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘नरेन्द्र गायत्री आँखा अस्पताल केन्द्रको भवनजस्ता मैले सिफारिस गरेका आयोजना रद्दीको टोकरीमा फालेर कस्तो सन्तुलित ? कस्तो जिम्मेवारीपूर्ण र कस्तो जवाफदेही बजेट विनियोजन गर्नुभएको हो ? यहाँले विनियोजन गरेका कार्यक्रमबारे सार्वजनिक रूपमा बहस गर्न तयार छु ।’

थापाले गणेशमान सिंहको नाम बदनाम हुनेगरी जथाभावी बजेट विनियोजन गरिएकोमा आपत्ति जनाए ।