
काठमाडौं, ९ असार । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको कब्जामा परेपछि बेपत्त भएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था पत्ता लाग्न नसकेको बताएकी छिन् ।
आज प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले लगातार प्रयास गरे पनि अवस्था पत्ता लाग्न नसकेको बताएकी हुन् ।
उनले भनिन्, ‘अहिलेसम्म उहाँको स्थिति पत्ता लागेको छैन । हामीले भगवानसँग प्रार्थना गरौँ नेपालका छोरा विपिन जोशी सकुशल छन् । कुनै दिन नेपाल फर्किनेछन् भन्ने आशामा छौँ ।’
उनको रिहाइका लागि आफूसहित प्रधानमन्त्री, सभामुखले पनि प्रयास गरेका उनले बताइन् ।
‘विपिन जोशीको रिहाइका लागि हामीले सक्दो प्रयास गरेका छौँ । सम्माननीय प्रधानमन्त्री स्वयंले इजिप्टका राष्ट्रपतिलाई फोनमार्फत अपिल गर्नुभएको छ । सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको छु, उनले भनिन्, ुम स्वयंले कतार संयुक्त अरब इमिरेट्सका परराष्ट्र राज्यमन्त्रीहरू, एजिप्ट टर्की र इरानका परराष्ट्रमन्त्रीहरू पत्र लेखी अनुरोध गरेँ ।








प्रतिक्रिया