
लुम्बिनी, ८ असार । लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।
जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको हो । समानुपातिक सांसद रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो ।
पर्साको पोखरियाकी आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । सांसद रायमाझी हाल फरार छिन् ।















प्रतिक्रिया