२८ असार २०८३, आइतबार

विदेशी नागरिकता लिनेहरुलाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भए पनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारे । उनले अरु कामका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए । नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने उनले बताए ।

नेपाल फर्किन चाहनेलाई स्वागत गर्न तयार रहेको बताउँदै उनले ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसद्‍बाट निस्कर्ष निस्किने जिकिर गरे ।

सभापति देउवाले गोरखा सैनिकहरुको इतिहास गर्विलो रहेको बताउँदै ब्रिटिश गोरखा सैनिकहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताए ।