२९ जेष्ठ २०८३, शुक्रबार

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच बालुवाटारमा भेटवार्ता

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ४ असार । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति तथा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

मंगलबार साँझ पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । उनीहरूबीच करिब २ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले बतायो ।

पछिल्लो समय अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको सम्बन्धमा तिक्तता आएको सार्वजनिक टिप्पणी भइरहेका बेला यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा पूर्वराष्ट्रपति भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन् ।

एमाले पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीमा छिन् ।