९ असार २०८३, मंगलबार

मेयर बालेन र उपमेयर सुनिताबीच वार्ता, कार्यपालिका बैठक र नगरसभा डाक्ने सहमति

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलबीच छुट्टै भेटवार्ता भएको छ ।

लामो समयदेखि एकअर्कासँग संवादहीनताको अवस्था तोड्दै मेयर र उपमेयरले वार्ता गरेका हुन् ।

भेटवार्तामा महानगरको कार्यपालिका बैठक र नगरसभा बोलाउने सहमति भएको छ । छलफलमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोल पनि सहभागी थिए ।

वडाध्यक्षहरूसहितको छलफल सकिएपछि बालेन र सुनिताले छुट्टै छलफल गरेका हुन् ।