
काठमाडौं, २८ जेठ । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
साइवर कसुरको आरोपमा उनीविरूद्व पक्राउ पुर्जी जारी भएको हो। पाठकले काँग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीरको नाम जोडिएको हिल्टन होटलको शेयर खरिद तथा बिक्रीसँग सम्बन्धी समाचार सामग्री प्रशारण गरेपछि पक्राउ पुर्जी जारी भएको बताइएको छ ।
जयवीरले उनीविरूद्व जाहेरी दिएपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै पक्राउ अनुमति मागेको थियो ।









प्रतिक्रिया