३१ असार २०८३, बुधबार

अनेरास्ववियु निर्वाचन : को-को छन् उम्मेदवार ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भईरहेको छ ।

सर्वसम्मत रूपमा नेतृत्व चयनको प्रयास असफल भएपछि आज निर्वाचन भएको हो । निर्वाचनका लागि उम्मेदवारहरू प्यानलसहित निर्वाचनमा गएका हुन्।

संगठनको अध्यक्षमा अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। यस्तै उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । जसमा खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसीको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुजिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको हो ।

यसैगरी महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेवारी परेको छ ।

उपमहासचिवमा कमल जोशी, अमर शाही, र प्रेमिका शाही, रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी, राजेश ओलीको उम्मेदवारी परेको छ ।