
काठमाडौं, २७ जेठ । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा महंगी घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको १० महिनामा मूल्यवृद्धिदर घटेर बैशाख मसान्तसम्म २.७७ प्रतिशतमा आएको हो । जुन अघिल्लो वर्षको ४.४० प्रतिशत रहेको थियो ।
रिपोर्ट अनुसार ग्रामिण क्षेत्रमा महंगी दर धेरै देखिएको र थोक मूल्यवृद्धिदर ३.९५ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ। यस्तै महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३.४५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।









प्रतिक्रिया