२५ जेष्ठ २०८३, सोमबार

समाजवादी क्रान्ति नयाँ चरणमाः प्रचण्ड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन् ।

आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताएका हुन् ।

उनले भने, “समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ, यो अभियानमा जोडिन म सबैलाइ आग्रह पनि गर्दछु ।”

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले पार्टी प्रवेश र समायोजनले पार्टीको अभियानमा थप ऊर्जा तथा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।

साथै अध्यक्ष दाहालले माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेलाई उचित जिम्मेवारी दिइने बताएका छन् ।