७ श्रावण २०८३, बिहिबार

सरकार पनि लचिलो हुनुपर्छ, भाषामा सहमति भए सदन खुल्छ : प्रचण्ड

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्षसँग भाषामा सहमति भए संसद चल्ने बताएका छन् ।

आज संसद भवन परिसरमा काँग्रेससँग छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यसका लागि सरकार पनि लचिलो हुनुपर्ने बताएका हुन् ।

‘प्रतिपक्षी पनि लचिलो बन्नुपर्छ। सरकार पनि लचिलो बन्नुपर्छ। भाषामा समझदारी भए सदन चल्छ,’ उनले भने।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीले निरन्तर संसद अवरोध गर्दै आइरहेका छन् । उनीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने माग राखिरहेका छन् । तर सरकार गृहमन्त्रीले पनि राजीनामा नदिने र समिति पनि नबन्ने अडानमा छ ।