
वीरगञ्ज, २५ जेठ । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १४ मा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार आईतबार दिउँसो करिब ३ः१० बजेको समयमा पिपरास्थित रेनुका पेट्रोलपम्प नजिकै अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाभट्टका अनुसार दुर्घटनामा परि अन्दाजी ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते हुनेमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ त्यसैगरी, सोही स्थानका २० वर्षीय रतन सर्राफ र अर्का एक २१ वर्षीय बिटु सर्राफ रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकाको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भैरहेको छ ।








प्रतिक्रिया