
काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठक साँझसम्मका लागि सारिएको छ ।
यसअघि आज दिउँसो १ बजे बस्ने तय भएको बैठक बस्न नसकेकोमा त्यसपछि ३ बजेर १५ मिनेटका लागि सारिएकोमा फेरि दोस्रो पटक सारिएको हो । संसद सचिवालयले साँझ साढे ५ बजेका लागि बैठक सारिएको जानकारी दिएको हो ।
गृहमन्त्रीको नाम मुछिएको भिजिट भिसा प्रकरणमा सत्तापक्ष र विपक्ष आम्ने साम्ने हुँदा संसद चल्न सकेको छैन ।








प्रतिक्रिया