९ असार २०८३, मंगलबार

एमालेको झोलामा के छ ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का नेता कार्यकर्ताले म झोले अभियान चलाएपछि अहिले यो विषय चर्चामा छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा आफूहरू झोले रहेको प्रतिक्रिया दिएपछि नेता कार्यकर्ताले यसलाई अभियान नै बनाएका हुन् । यसैबीच एमाले महासचिव शंकर पोखरेलले एमालेको नेता कार्यकर्ताको झोलामा के छ ? भन्ने विषयमा जवाफ दिएका छन् । पोखरेलले सात बुँदामा झोलामा रहेको कुराको जानकारी गराएका हुन् ।

महासचिव पोखरेलले लेखेका छन्- नेकपा (एमाले) को नेता र कार्यकर्ताको झोलामा के छ रु भन्नेहरूका लागि-

१. मार्क्सवादी दर्शन स् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

२. मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त

३. जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको मान्यता

४. नेपालको राष्ट्रिय हितमा आधारित असंलग्नता र पञ्चशीलको सन्तुलित परराष्ट्र नीति

५. जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रीकरणको नयाँ मान्यता

६. जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको परम्परा

७. प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र

महासचिवले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा (एमाले) को झोला गौरवका साथ बोक्न आग्रह समेत गरेका छन् ।

‘प्रतिक्रियावादीहरुले एमालेका विरुद्धमा प्रतिक्रियावादी र प्रतिगामीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुट्न पनि उनले आह्वान गरे ।